दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते

२०८० चैत्र १८, आईतवार

काठमाडौँ : दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।

घाइते हुनेहरुको पहिचान नखुलेको र प्रहरी टोली घटना स्थलतर्फ गएको दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले बताए। घाइतेहरुलाई दैलेख अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मगराठीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार