महालेखा परीक्षकमा तोयम राया सिफारिस

२०८० चैत्र १८, आईतवार

काठमाडौं : संवैधानिक परिषद्ले तोयम रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संवैधानिक परिषद बैठकले सचिव रायालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार