काठमाडौं : ग्लोकल आफ्टर स्कुलले ‘स्किल विक’ कार्यक्रमको पाँचौं संस्करण गर्न लागेको जनाएको छ। सो संस्थाका अनुसार यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको उद्देश्य राखेको छ।
स्किल विक एक हप्ते कार्यक्रम हो जसमा विभिन्न सिपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने छ। कलकारखाना, शैक्षिक संस्था एवम् सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधीदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिइएको संस्थाले जनाएको छ।

लिई स्किल विक नामक कार्यक्रम आइतबार मार्च ३१ देखि अप्रिल ८ सम्म सन्चालन हुँदैछ। १५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् र सोहि कार्यक्रमबाट सिप विकासकोबारे जानकारी लिन सक्नेछन्। आवेदन निशुल्क हुने संस्थाले स्पष्ट पारेको छ। युवाहरुले सिपका विभिन्न किसिमका यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन्। स्किल विकले युवाहङलाई विभिन्न सिपका बारेमा अन्वेषण गर्न, आफू संलग्न हुन एवम् ज्ञान हासिल गर्न सहयोग पुग्ने संस्थाको विश्वास छ।
कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ। यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान र प्रविधी रहेका छन्। कार्यक्रममा छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरन्जन रहेका छन्। मार्च ३१ देखि अप्रिल ८ सम्म विभिन्न संघसंस्थाद्वारा अन्लाइन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ। अप्रिल ६ मा, स्किल फेस्ट नामक अत्यन्त रमाइलो कार्यक्रम किंग्स कलेजमा सन्चालन गरिनेछ। त्यसैगरी यस वर्षको सीप सप्ताह चारवटा विषयमा आधारित छ जसमा हरित इकोसिस्टम, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र ‘डुअल/भेट’ अप्रेन्टिससिप पर्दछन्।
यसका अतिरिक्त, अप्रिल ७ मा एक राउन्ड टेबल छलफल आयोजना हुँदैछ जहाँ सीप विकासलाई बढावा दिन ‘उद्योग – एकेडेमिया’ बीचको अन्तरसम्बन्धका बारेमा छलफल हुनेछ। ८ अप्रिल, समापन समारोहलाई लक्षित गरेर सीईओ अनप्लग्ड २०२४ नामक कार्यक्रम सन्चालन गरिनेछ। सीईवो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँ ब्यापारका चुनौती, अवसर एवम् प्रयोगात्मक शिक्षाको महत्व एवम नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गर्न सन्चालन गरिन्छ। कार्यक्रमको मुख्य नारा भनेको ‘टुडे मिट्स टुमरो’ रहेको छ।
स्किल विक कार्यक्रमको महत्त्वपूर्ण पक्ष स्किल हिरो अवार्ड रहेको छ। स्किल हिरो अवार्ड सान्दर्भिक र परिणाममुखी सीप विकासलाई लागू गरेर सीप विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गरेर उत्कृष्टता प्राप्त गरेका व्यक्तिहरूलाई सम्मान गर्ने मञ्च हो। सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ५ जना व्यक्तित्वहरुलाई सम्मानित गरिने संस्थाले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सद्वारा अनुमोदित स्किल सप्ताहको रणनीतिक साझेदारको रूपमा युरोपियन युनियन, भारतीय दूतावास, यूएनएचसीआर, स्विस एजेन्सी, इन्स्योर, र काठमाडौं महानगरपालिका रहेका छन्।
होन्डा, कोका–कोला, ब्रिटिश काउन्सिल, शिभा, वर्ल्ड लिंक, र काठमाडौं वर्ल्ड स्कूल साझेदारहरूको रूपमा पहल साझेदारको रूपमा सोल्टी काठमाडौं, गोल्छा ग्रुप द्वारा समर्थित, एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स, टेक पार्टनरको रूपमा नियो, टिकटिङ पार्टनरको रूपमा खल्ती, ज्ञान साझेदारको रूपमा किंग्स कलेज, होटल संघ नेपाल र नाडा अटोमोबाइल संघ, पि आर साझेदारको रूपमा प्रिज्मा विज्ञापन, आउटरिच पार्टनरको रूपमा ‘नो नेक्स्ट क्वोइस्चन र डिजिटल मिडिया पार्टनरको रूपमा व्यास मिडिया नेटवर्क, डिश होम गो रहेका छन्।





