१५ हजार घुससहित महाराजगञ्ज नगरका वडाध्यक्ष पक्राउ

२०८० चैत्र १८, आईतवार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर-२ का वडाध्यक्ष उजेर अलिलाई घुससहित नियन्त्रणमा लिएको छ।

अलिले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस मागेको सूचना अख्तियारले पाएको थियो। सोही उजुरी निवेदनका आधारमा आइतबार १५ हजार रुपैयाँ घुससहित अलिलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो। उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार