सुनको मूल्य हालसम्मकै उच्च

२०८० चैत्र १९, सोमबार

काठमाडौँ : सुनको मूल्य फेरि आकाशिएको छ। पछिल्ला २ दिन स्थिर रहे पनि सोमबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँसम्मले बढेको हो। छापावाल सुन उक्त दरले बढ्दा तेजाबी सुन १ हजार ५ सय ५० रुपैयाँले बढेको छ।

योसँगै आज सुनको मूल्यले १ लाख ३१ हजार ६ सय रुपैयाँको नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोला दरमा वृद्धि भएको छ। योसँगै सोमबार चाँदी १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार