बझाङ : मष्टा गाउँपालिका–६ को रोकायाटोलमा आगलागी हुँदा एकै धुरी भएका ३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएको धनमाल पनि नष्ट भएको छ ।
सोमबार दिउँसो एक बजेतिर आगलागी हुँदा स्थानीय विजय रोकाया, लोकेन्द्र रोकाया र ईश्वर रोकायाको घर जलेर पूर्ण रूपमा जलेर नष्ट भएको वडा सचिव चक्रबहादुर रोकायाले बताए ।
घरभित्र भएका सुनका गहना, नगद पैसा, अन्नपात र बन्दोबस्तीका सामानसमेत जलेर नष्ट भएको उनले बताए । हावाहुरीका कारण आगो भीषण रूपमा फैलिएपछी निभाउन समस्या भएको थियो । मष्टा गाउापँलिकाको अस्थायी प्रहरी चौकीबाट सुरक्षाकर्मी अहिले घटनास्थलतर्फ गइसकेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । कान्तिपुर





