अमेरिकामा हिमानी, क्यालिफोर्नियाको मुक्तिनाथ धाममा पूजाआजा

२०८० चैत्र १९, सोमबार

क्यालिफोर्निया : पूर्व युवराज्ञी हिमानी शाह हाल अमेरिका भ्रमणमा छिन् । अमेरिका पुगेको अवसरमा उनले रिचमन्डमा केही अघिमात्र प्राणप्रतिष्ठा सम्पन्न भएको मुक्तिनाथ धाममा पूजाआजा गरेकी छन् ।

सो अवसरमा नेपालीहरूले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै उनले मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । आइतबार नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित विशेष धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई आफूले हृदयमा राखेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार