टहरोमा आगलागी हुँदा एक जना वृद्धको मृत्यु

२०८० चैत्र १९, सोमबार

काठमाडौँ : गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्धको जलेर मृत्यु भएको छ।

सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको मृत्यु भएको हो। टहरोमा धुवाँ आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार