एजेन्सी : सिरियाका लागि इरानी राजदूत होसेन अकबरीले सोमबार सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको इरानले समान शक्तिका साथ जवाफ दिने चेतावनी दिएका छन्।
इरानी दूतावासको वाणिज्य दूतावास भवनमा इजरायली मिसाइल हमलापछि अकबरीले आक्रमणमा आफ्ना पाँच सहकर्मीको ज्यान जानुका साथै दुई इरानी दूतावासका गार्डहरू घाइते भएको बताएका छन्।
इजरायलले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गरेको बताए। यी कानुनहरू लागू गर्न खोज्ने अन्तर्राष्ट्रिय संस्थाहरूले कहिले कारबाही गर्ने? भन्ने उनको प्रश्न थियो। इरानी राजदुतले इरानले इजरायलको कार्यलाई अनुत्तरित हुन नदिने र समान शक्तिका साथ छिटै नै जवाफ दिने चेतावनी दिए।





