काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पक्षलाई बोलाएर मङ्गलबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालययमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई छुट्टाछुट्टै बोलाएर प्रचण्डले छलफल गरेका हुन् । उनीहरूलाई आपसमा मिल्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको बताइएको छ ।
पार्टीको विवादले राम्रो सन्देश नगएको र यसलाई दुवै जना मिलेर समाधान गर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जनाएको छ । पार्टीभित्रको विवादको बारेमा रञ्जिता र रेशमले आ–आफ्नो कुरा राखेका थिए ।





