सहकारी प्रकरणमा पत्रकारलाई गृहमन्त्रीको कडा प्रश्न : प्रमाण बिना ठप्पै लगाएर प्रमाणित गरिदिए पुग्छ खोज्नु पर्दैन ?

२०८० चैत्र २०, मंगलवार

काठमाडौँ : सहकारी ठगी प्रकरणलाई लिएर घेराबन्दी गरिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लाग्दैमा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। संसद् बैठकबाट निस्किनेबित्तिकै गृहमन्त्री रवि लामिछानेलाई पत्रकारहरूले सोधे, ‘सहकारी ठगी प्रकरणमा रास्वपाका सबै मन्त्री र नेताहरू तानिन लागे त?’, उक्त प्रश्न सोधिनसक्दै जवाफ आयो, ‘कहीँ कतै समाचार आउँदैमा, हेडलाइनमा आउँदैमा आत्तिहाल्नुपर्ने कुनै अवस्था छैन।’

पत्रकाहरूले सहकारी प्रकरणमा एकपछि अर्को प्रश्न गर्न थालेपछि गृहमन्त्री लामिछानेले उल्टै जवाफ मागे।‘सहकारी प्रकरणमा ठगी गरेको कुरा ठप्पै लगाएर प्रमाणित गरिदिएको हो कि?’, लामिछानेले भने, ‘पत्रिकाले, पत्रकारले कहीँ, कतै लेखिदिएपछि प्रमाणित भएको मानिदिने कि?’

गृहमन्त्री लामिछानेले कसैले समाचार छापिदिएको भरमा जवाफ दिनुपर्ने आवश्यकता नहुने पनि बताए। ‘कसैले समाचार छापिदिएको भरमा जवाफ दिनुपर्ने होइन होला?’, उनले फेरि भने, ‘तर सञ्चारमाध्यमले प्रश्न उठाउने क्रम जारी राख्नुपर्छ।’

nepalkhabar साभार ……

 

 

पत्रकारसँग सवाल जवाफका क्रममा उनले प्रमाणित कुरा, हल्ला र प्रचारबाजीमा फरक हुने पनि ब्याख्या गरे।

‘कुनै विषयमा प्रमाणित कुरा, हल्ला र प्रचारबाजीमा फरक छ’, उनले अगाडि थपे, ‘म पनि पत्रकारिताबाटै आएको हुनाले कतिपय समाचार कारखानाबारे मलाई थाहा छ। समाचार कस्तो कस्तो रंग दिएर बनाइन्छ भन्ने कुरा पनि मैले राम्रोसँग बुझेको छु।’

पत्रकारले सहकारी प्रकरणमा प्रश्न गरिरहेपछि लामिछानेले प्रसंग मोडे। उनले अहिले असिनापानी र हावाहुरीले ठूलो क्षति गरेकाले आफ्नो कदम पीडितहरूलाई राहत दिनेतर्फ अघि बढेको बताए।

‘गृहमन्त्रालय अहिले हावाहुरी पीडितको राहतका लागि काम गर्दैछ’, उनले भने, ‘अहिले हाम्रो मूल काम त्यो हो, म त्यसतर्फ लागिरहेको छु।’ लामिछानेले आफ्नोबारे संसद् र सडकमा प्रश्न उठाइरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पनि प्रसंग संसद् भवन परिसरमा झिके।

‘कांग्रेसले सडकमा र सदनमा आवाज उठाउनु लोकतान्त्रिक कुरा हो, म कांग्रेसले आवाज उठाउने कुराको सम्मान गर्छु’, उनले अन्त्यमा भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार