कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिएपछि राजीनामा दिने

२०८० चैत्र २१, बुधबार

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा बुधबार (आज) विश्वासको मत लिँदै छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो। प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले आज ३ बजेको बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मत लिने जानकारी दिए । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए।

संसदीय दलमा विश्वासको मत लिने छलफल भएको छ परियारले भने,‘नेतृत्वहरुकोबीचमा बसाइँ भइरहेको छ । नेतृत्वले के सहमति गर्नुहुन्छ । संसदीय दललाई जानकारी गराउनु हुन्छ। त्यहीँ अनुसार अगाडि बढ्छौ ।’ यस्तै, नेकपा एमालेले केन्द्रमा भएको निर्णय कर्णालीमा पनि लागू गर्नुपर्ने बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार