सुनको मुल्यमा वृद्धि, बनायो फेरि नयाँ रेकर्ड

२०८० चैत्र २१, बुधबार

काठमाडौं : मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य १ हजार ८ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर १ लाख ३३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ६१० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार