दाङमा बस दुर्घटना, २५ जना घाइते

२०८० चैत्र २१, बुधबार

काठमाडौँ : दाङमा दुई यात्रुवाहक बस एक आपसमा ठोकिँदा २५ यात्रु घाइते भएका छन्। घाेरही देखि बुटवल तर्फ जाँदै गरेकाे रा १ ख २५८१ नम्बरकाे यात्रुवाहक बस र बुटवलदेखि बर्दिया तर्फ जाँदै गरेकाे लु १ ख ७३३६ नम्बरकाे यात्रुवाहक बस बुधबार लमही नगरपालिका–३ स्थित बनगाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते हुनेमा राप्ती गाउँपालिका– २ लालमटियाकी ७८ वर्षीय चन्द्रकमला थापा रबस चालक गढवा गाउँपालिका– २ का लक्ष्मण थारू रहेका छन्।

दुवैको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार