ठमेलको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ : रघुजी पन्त

२०८० चैत्र २१, बुधबार

काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौँको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ भन्दै काठमाडौँ महानगरपालिका र अख्तियारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेको जुद्धोदय माविको अहिले बेहाल भएको बताए। उनले भने– ‘ठमेलमा ठुलो दरबार जत्रो जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ। त्यो बिल्डिङ गयो, त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ । महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन।’

उनले त्यसको छानबिनका लागि महानगरपालिकामा निवेदन समेत दिइएको तर अहिलेसम्म छानबिन नभएको बताए। पन्तले भने– ‘ त्यसको छानबिन होस भनेर महानगरपालिकामा पनि निवेदन दिइयो, तर छानबिन भएको छैन। त्यसैले म काठमाडौँ महानगरपालिका, शिक्षा मन्त्रालय, उपत्यका र देशभरिका शैक्षिक संस्थाको जग्गा जसरी लुट भएको छ त्यसको बारेमा गम्भीरतापूर्वक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार