न्यायाधीश भुवन गिरी सर्वोच्चबाटै गिरफ्तार

२०८० चैत्र २१, बुधबार

काठमाडौं : सर्वोच्चले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएसँगै न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।

उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । उनी मुद्दाको सुनवाइका लागि सर्वोच्च अदालतमा उपस्थित थिए। श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई सर्वोच्चले थुनामा राख्न आदेश गरेको हो। जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको थियो भने उच्चले जिल्लाको निर्णय सदर गरेको थियो । त्यसलाई उल्टाएर सर्वोच्चले गिरीलाई फेरि थुनामा पठाएको छ। कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दिएकी आरतीले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन्।

सम्वन्धविच्छेदको मुद्दा चलिरहेको अवस्थामा गिरीले आफूलाई कोठामै आएर रातभर बलात्कार गरेको उनको आरोप छ। उक्त मुद्दाको अन्तिम फैसला भोलि जिल्ला अदालतले सुनाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार