आज पनि बढ्यो सुनचाँदीको मुल्य, बनायो नयाँ रेकर्ड

२०८० चैत्र २२, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ३४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १६ सय १० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १६ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार