काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई समानुपातिक सांसद बनाउने भएको छ। पार्टी कार्यालय बालकुमारीमा आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी हसिना खानलाई समानुपातिक सांसद सिफारिस गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले खानलाई सिफारिस गरेको हो। जसपाले उक्त सिफारिस निर्वाचन आयोगलाई पठाएपछि आयोगले संसद सचिवालयलाई जानकारी दिन्छ। त्यसपछि सभामुखले सांसदको सपथ ग्रहण गराउँछन्।





