बहुमत नपुग्ने भएपछि लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा दिँदै

२०८० चैत्र २२, बिहीबार

रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने भएका छन् । आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने उनले तयारी गरेका हुन् ।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तनसँगै नेकपा माओवादी केन्द्रको बहिर्गमनपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिन लागेका हुन्। दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा चौधरीले मुख्यमन्त्रीको हैसियतमा आफ्नो सम्बोधन गर्ने र राजीनामा दिने तयारी गरेका हुन् । सभामुख तुलाराम घर्ती मगरलाई मुख्यमन्त्रीले बिहीबार टेलिफोनमार्फत प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेकाले त्यसअनुसार कार्य योजना बनाउन भनेको जानकारी दिइसकेका छन् ।

गत वैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । ८७ जना प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् ।

गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पनि सहकार्यमा आउने दाबी गरेको छ। लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने गरी केन्द्रमा दलहरूले सहमति गरेका छन् । हाल सरकारमा रहेका लोसपा नेता तथा गृहमन्त्री सन्तोष पाण्डेयले पनि नयाँ गठबन्धनलाई सहयोग गर्ने संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार