बोलेरो जिप दुर्घटना हुँदा चार घाइते

२०८० चैत्र २२, बिहीबार

अर्घाखाँची : जिल्लाको भुमिकास्थानमा गच्छे भालुवाङ वाटो अन्तर्गत रातामाटामा पिकअप बलेरो दुर्घटना भएको छ ।

लु ३ च १८ ५५ को आज बलेरो डवल क्याप दुर्घटना हुदाँ चालकसहित ४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीचौकी जलुकेको गएको प्रहरी टोली र स्थानीयले उद्धार गरिएको इलाका प्रहरी कार्यालय ठाडाका निमित्त प्रमुख सालिकराम खनालले जानकारी दिए । जिप सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार