सुनचाँदीको मूल्यमा गिरावट

२०८० चैत्र २३, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर १ लाख ३२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ५० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १६ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार