गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

२०८० चैत्र २३, शुक्रबार

काठमाडौँ : गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए।

उनका अनुसार यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको हो। योसँगै गायक ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

श्रीमतीको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। ओड गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेता पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार