लुम्बिनीमा महराले प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर

२०८० चैत्र २३, शुक्रबार

देउखुरी : लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।

उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेतसहित ४४ सांसदले समर्थन गरेका छन् । बिहीबार कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाको विशेष अधिवेशनलाई गरेर पदबाट राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार