कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

२०८० चैत्र २३, शुक्रबार

चितवन : जिल्ला अदालत चितवनले कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएको छ। अदालतका श्रेतादार विष्णुप्रसाद आचार्यले शुक्रबार खामलाई थुनामा पठाउन आदेश दिएको जानकारी दिए। न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई थुनामा पठाउन आदेश दिएको हो।

बिहीबार पनि बहस भएको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा खाम सोमबार पक्राउ परेका थिए। खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार अदालतमा हाजिर गराएको थियो। मृतक श्रेष्ठलाई २०६५ वैशाख १५ गते माओवादी कार्यकर्ताले केही कुरा बुझ्न खामले लगेको मृतककी श्रीमती रमिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार