पार्टीमा अझै २० वर्ष अरूले आस नगरे हुन्छ : अध्यक्ष ओली

२०८० चैत्र २३, शुक्रबार

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई सपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ उनले भने, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार