सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि १० दिनको समय

२०८० चैत्र २३, शुक्रबार

कैलाली : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले १० दिनको समय दिएका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँले शुक्रवार दिउँसो विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका हुन् ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रदेश प्रमुखले वैशाख २ गते सम्मको लागि समय दिएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले शुक्रवार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार