बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २१ घाइते

२०८० चैत्र २३, शुक्रबार

म्याग्दी : म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनी बजारदेखि एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले भरत श्रेष्ठले बताए । गाडी एक्कासी गएर सडकको भित्तामा ठोक्किएको देखिएको भए पनि दुर्घटनाको अन्य कारण खुल्न नसकेको उनले बताए ।

बसका चालक अधिकार सापकोटासहित २१ जना घाइते भएको र घाइतेको पहिचान खुल्न बाँकी रहेको उनले बताए । गाडीमा बालबालिकासहित २४ जना सवार रहेको डिएसपी श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार