उपनिर्वाचनको लागि इलाम-२ मा उम्मेदवारी दर्ता सुरू

२०८० चैत्र २४, शनिबार

काठमाडौं : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता सुरू भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर अहिले उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्।

अहिलेसम्म जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा_का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले मनोनयन दर्ता गराइसकेका छन्।

त्यहाँ एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू, कांग्रेसबाट डम्बर खड्कासहित अन्य साना दलले पनि उम्मेदवारी दर्ता गराउँदैछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार