बझाङ प्रदेश सभा १ मा ९ जनाको उम्मेदवारी दर्ता, एकजना अझै लाइनमा

२०८० चैत्र २४, शनिबार

बझाङ : आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १० जनाको उम्मेदवारी दर्ता भएको छ ।

साँझ ५ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टको उम्मेदवारी दर्ता प्रक्रियामा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार