इलाम-२ मा एकीकृत समाजवादीले जित्छ, धेरै चकित हुनेछन् : झलनाथ खनाल

२०८० चैत्र २४, शनिबार

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ,’ शनिबार इलाममा पत्रकारहरुसँग उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौं, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’ आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने दाबी गर्दै उनले अरु पार्टीलाई समेत एकीकृत समाजवादीलाई सहयोग गर्न आग्रह गरे ।

अर्को प्रसंगमा उनले पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पु¥याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको बताए ।उनले अहिले विचार मिल्नेहरुको बीचमा सत्ता सहकार्य भएकाले लामो समय टिक्नेसमेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार