वैदेशिक रोजगारीबाट फर्किएपछि पत्नीको हत्या

२०८० चैत्र २५, आईतवार

काठमाडौँ : तनहुँमा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन्। व्यास नगरपालिका- ५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले आफ्नी पत्नी ३६ वर्षीया सुनमाया कुमालको हत्या गरेका हुन्। हत्यामा संलग्न जितबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपकुमार रायले जानकारी दिए।

‘शनिबार साँझ घर नजिकै बारीमा उनले धारिलो हतियार (दाउ) प्रहार गरी पत्नीको हत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी रायले भने, ‘शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ।’ घरायसी विवादमा उनले पत्नीको हत्या गरेको अनुमान प्रहरीले गरेको छ।

‘जितबहादुर तीन/चार दिनअघि मात्रै वैदेशिक रोजगारी (भारत)बाट फर्किएको स्थानीयले बताएका छन्,’ डीएसपी रायले भने, ‘पति-पत्नीबीचको विवादको कारण खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ।’ कुमाल दम्पतीका एक छोरा र एक छोरी छन्। आमाको मृत्यु र बाबु पक्राउ परेपछि उनीहरुको बिचल्ली भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार