कपिलवस्तुको सामुदायिक वनमा महिला र पुरुषको शव भेटियो

२०८० चैत्र २५, आईतवार

तौलिहवा : जिल्लाको एक सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ। वाणगंगा नगपालिका २ को लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव भेटिएको छ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कप्टैया भन्ने स्थानको जङ्गलमा मृत अवस्थामा महिला र पुरुषको शव भेटिएको हो। मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णुप्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका– ५ निवासी ४५ वर्षीया यमकला राना रहेको उहाँको भनाइछ। उनीहरूको शव नजिकै सल्फास नामक विषादीको पोकासमेत फेला परेको छ।

मृतक दुवै जनाले विषादी सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ। शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

ताजा समाचार