आज पनि बढ्यो सुनचाँदीको मूल्य, फेरी बनायो अर्को रेकर्ड

२०८० चैत्र २६, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ३६ हजार २ सय रूपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १६ सय ८५ रूपैयाँ कायम भएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार