कोशीमा माओवादीका मन्त्रीको राजीनामा

२०८० चैत्र २६, सोमबार

काठमाडौँ : कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केहीबेरमा उनीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका हुन् ।

उनीहरू राजीनामा बुझाउन मुख्यमन्त्री कार्यालय हिँडेका छन् ।

कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार