काठमाडौं : भारतीय शेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ। आज सेन्सेक्स र निफ्टी दुवैले अल टाइम हाई चुमेका छन्। सेन्सेक्स आज बढेर ७४७४१ को विन्दुमा बन्द भएको छ। जुन हालसम्मकै उच्च विन्दु हो। आज कारोबार क्रममा सेन्सेक्स ७४८६९ सम्म पुगेको छ। पछि घटेर उक्त विन्दुमा बन्द भएको छ।
यसअघि अप्रिल ४ मा सेन्सेक्स ७४५०१ को विन्दुसम्म पुगेको थियो। जुन अहिलेसम्मकै उच्च विन्दु थियो।





