राजनीतिमा इमान्दारिताको खडेरी लाग्याे : सुदन किराँती

२०८० चैत्र २६, सोमबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताएका छन्।

सोमबार काठमाडौंमा गायिका खुसी थुलुङ राईको पहिलो गीति एल्बम ‘खुसीका रंगहरु’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा इमान्दारिताको खडेरी परेको बताए। उनले भने ‘राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउन सके देश बन्न धेरै समय लाग्दैन। सार्वभौम सत्ता सम्पन्न नेपाल भनेर मात्रै हुँदैन। नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न सक्नुपर्छ।’

सांसद किराँतीले संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार