डोल्पा आगलागी अपडेट : घाइते हेमन्त रावतको मृत्यु

२०८० चैत्र २६, सोमबार

वीरेन्द्रनगर : डोल्पामा डढेलो निभाउने क्रममा घाइते एकजना नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका – ४ का २४ वर्षीय हेमन्त रावत रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हरिकृष्ण केसीले बताए । उनको उपचारका क्रममा डोल्पा अस्पतालमा मृत्यु भएको उनले बताए ।

जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए । घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो । अन्य २ जनालाई लैजानको लागि आएको हेलिकप्टर खराब मौसमका कारण उड्न नसकेपछि जिल्ला अस्पतालमा उपचार भइरहेको थियो ।

वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । हावाहुरीका कारण सोमबार दिउँसो फेरि डढेलो सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार