नेपाली सेनाद्वारा गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

२०८० चैत्र २७, मंगलवार

सुलीकोट : नेपाली सेनाले आज (मङ्गलवार ) बाट दोस्रो ऐतिहासिक गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ ।  ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताए ।

गोरखा – जितगढी यात्रामा नेपाली सेनाको अधिकृतको कमान्डमा ४८ जना सेना सहभागी भएका छन्  । पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेको ५ पल्टन कालीबक्स, सबुज, श्रीनाथ, बर्दबाणी र पुरानो गोरख र जितगढीको लडाइँमा भाग लिएका गुरु बक्स पल्टनका टोली सहभागी हुन्छन्, ‘उनले भने, आ आफ्नो पल्टनको झन्डा सहित उनीहरू यात्रामा निस्किएका हुन् ।’ गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढी पुगेर विजय उत्सवमा सहभागी हुन्छन् ।

रिपुमर्दन गणका गणपति क्षेत्रीका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी बिच भएको लडाइँमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सको रूपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गरिएको बताइएको छ । आज मङ्गलवारबाट एक कार्यक्रम गरी गोरखा दरबारबाट पदयात्रा सुरु भएको गणपति क्षेत्रीले बताए ।

नेपाली सेनाले ११ दिनको दिनमा जितगढी सम्मको २ सय ७ किलोमिटर दुरी पार गर्ने उनले जानकारी दिए। यो यात्राले गोरखा देखि जितगढी सम्म पर्यटन प्रबन्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । गोरखाको पर्यटन प्रबद्धर्नमा एकीकरण पदयात्राले समग्र गोरखालाई फाइदा हुने भएकाले स्थानीय तहहरूले सहजीकरण गरेको गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले जानकारी दिए । यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितमा बिदाइ गरिने भएको छ । गोरखा – जितगढी यात्रालाई सफल बनाउन गोरखामा रहेका ११ वटै स्थानीय तहहरूसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको रिपुमर्दन गण गोरखाले जनाएको छ ।

गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ पाल्पा हुँदै जितगढी पुगेर समापन हुने रिपुमर्दन गणका गणपति क्षेत्रीले जानकारी दिए। गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि पश्चिम पृतनापति उपरथी श्री सन्तोष वल्लभ पौडेल र गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले संयुक्त रूपमा झन्डा हस्तान्तरण गरी एकीकरण पदयात्रा टोलीलाई गोरखाबाट बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार