प्रदीप नेपाल नर्भिक अस्पताल भर्ना

२०८० चैत्र ३०, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका नेता प्रदीप नेपाल अस्पताल भर्ना भएका छन् । नेपाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

शुक्रबार भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी भएका नेपाल अचानक बिरामी परेका थिए। त्यसपछि तत्काल उनलाई अस्पताल लगिएको नेता नेपालका भान्जा सुरेश निरौलाले बताए।  नेता नेपालको पछिल्लो अवस्था सामान्य भएपनि एक दिन अव्जरभेसनमा राख्न चिकित्सकले सुझाव दिएका छन्।

नेता नेपाल लामो समयदेखि पार्किंसनबाट पीडित भएकाले औषधि सेवन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार