कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रणमा

२०८० चैत्र ३०, शुक्रबार

काठमाडौँ : राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ।

शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो। जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो भने केही समयपछि आगो निभाउन सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको छ।

समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार