कर छलेर ल्याइएका ६ लाखका सामान बरामद

२०८१ बैशाख १, शनिबार

उदयपुर : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो । बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनी लगायत छन् ।

ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार