मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारी घाइते, किएभमाथि हत्या प्रयासको आरोप

२०८१ बैशाख १, शनिबार

मस्को : मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारीलाई लक्षित गरी किएभले आक्रमण गरेको युक्रेनी सुरक्षा सेवा (एसबीयू) का पूर्व कर्मचारी भासिली प्रोजोरोभले आरोप लगाउनुभएको छ ।
मस्कोको उत्तरमा भएको कार विस्फोटमा उहाँ घाइते हुनुभएको हो । हत्या प्रयासमा युक्रेनी सम्लग्नता रहेको उल्लेख प्रोजोरोभलाई उद्धृत गर्दै राष्ट्रिय समाचार संस्था तासले गरेको छ ।

कोरोभिन्स्कोए राजमार्गमा शुक्रबार बिहान भएको गाडी विस्फोटमा प्रोजोरोभ घाइते हुनुभएको थियो भने विस्फोटमा नजिकैका धेरै कारहरू पनि क्षतिग्रस्त भएका छन् ।

सन् ११९९ देखि २०१८ सम्म, प्रोजोरोभ एसबीयूका कर्मचारी हुनुहुन्थ्यो । उहाँले आतङ्कवाद विरोधी केन्द्रको मुख्यालयमा एसबीयूको केन्द्रीय कार्यालयमा काम गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार