नयाँ वर्षको अवसरमा श्रीलंकाले दियो ७७९ कैदीलाई आममाफी

२०८१ बैशाख १, शनिबार

श्रीलङ्का : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार ७७९ जना कैदीलाई दोषीलाई आममाफी दिएका छन्।

श्रीलंकामा प्रत्येक वर्ष अप्रिल १३ वा अप्रिल १४ मा नयाँ वर्ष मनाइन्छ। यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ वर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आममाफी दिइएको हो ।

समाचार संस्था एएफपीका अनुसार हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलङ्काको कारागारमा भीडभाड रहेकोमा सयौंको सजाय माफी भएपछि कारागारभित्रको भीड कम भएको छ। शुक्रबारसम्म करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलङ्काका कारागारमा करिब ३० हजार कैदीबन्दी रहेका थिए।

श्रीलङ्काले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मङ्गलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार