वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने

२०८१ बैशाख १, शनिबार

काठमाडौं : सरकारले वैशाख ६ र ७ गते  भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सूचना निकाल्दै  वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

सोही सययमा बालबालिकालाई छुट खोप पनि लगाउन उनको अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै नियमित खोप बालबालिकालाई लगाउन डा. बुढाथोकीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार