भिरबाट खसेर चौकीदारको मृत्यु

२०८१ बैशाख १, शनिबार

रुकुमपश्चिम : रुकुमपश्चिमको आठविसकोटमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ। आठविसकोट नगरपालिका वडा ५ थापागाउँका ४१ बर्षीय सर्जन थापाको भिरबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार शुक्रबार बेलुका स्थानीय झिम्री खोलामा पानी बनाएर फर्कने क्रममा भिरबाट लडेर थापाको मृत्यु भएको हो। थापा खानेपानीको चौकीदार पदमा कार्यरत थिए। घटनाबारे शनिबार बिहान मात्र प्रहरीसमक्ष सूचना प्राप्त भएको थियो। डिएसपी पोखरेलका अनुसार स्थानीयले टेलिफोनमार्फत प्रहरीचौकी गोतामकोटमा दिएको सूचनालगत्तै चौकी र ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल खटेको थियो ।

प्रहरी टोलीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवको पोष्टमार्टमका लागि नगर अस्पताल दल्लीमा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार