काठमाडौं : आज छापावाल सुनको मूल्य २ हजार २०० रुपैयाँले घटेको छ। शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएकोमा आज २२ सय रूपैयाँले घटेर १ लाख ३६ हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले घटेर १७ सय रूपैयाँ कायम भएको छ ।





