गस्तीमा गएका प्रहरीको मोटरसाइकल दुर्घटना, सहायक हवल्दार चन्दको मृत्यु

२०८१ बैशाख २, आईतवार

भैरहवा : रुपन्देहीको भैरहवामा दुर्घटनामा परि एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरेश बहादुर चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द गस्तीमा गएकै बेला दुर्घटना परेका थिए। रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालका अनुसार चन्द शुक्रबार राति ८ बजे मोटरसाइकलमा गस्ती ड्युटी गएका बेला दुर्घटनामा परेका थिए । गस्तीका बेला चन्दले चलाएको मोटरसाइकल गोरुसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ।

उनीसँगै मोटरसाइकल पछाडी बसेर गस्तीमा गएका अर्का प्रहरी जवान ३० वर्षीय टोपबहादुर बस्नेत घाइते भएका छन्। उनको अहिले उपचार जारी छ भने अवस्था मध्यम रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार