‘मनमा बाघ’ नभएकाहरू संसदीय छानबिन समितिबाट डराउनु नै पर्दैन : गगन थापा

२०८१ बैशाख २, आईतवार

काठमाडौँ : नेपाली कांगेसका महामन्त्री गगनकुमार थापाले मनमा बाघ नभएकाहरू ‘संसदीय समिति गठन’बाट डराउनु नपर्ने बताएका छ। ‘मनमा कुनै बाघ छैन भने संसदीय समिति गठनबाट डराउनुपर्दैन’, उनले आइतबार एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई आमाले भनेको एउटा भनाई याद आएका छ नबिराउन नडराउनु। जसले बिराएको छैन त्यो डराउनै पर्दैन।’

संवाद यात्राका क्रममा बाँकेको नेपालगन्ज पुगेका महामन्त्री थापाले गठन गर्ने भनिएको संसदीय समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र विष्णु पौडेल जोडिएका घटना मात्र अनुसन्धान र अध्ययन मात्र नगर्ने उल्लेख गर्दै भने, ‘यसले सहकारी किन डुबेका छन्? डुबाउनेहरू को–को हुन? सहकारीमा जम्मा भएको निक्षेप अपचलन गर्नेहरू को को हुन? सहकारी डुब्न नदिन के–के गर्नुपर्छ? भनेर अध्ययन गर्ने हो।’

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणको अरबौँ रकम डुबेको मुद्दालाई ‘यो सत्तासँग जोडिएको छ’ भनेर गलत तर्क गर्दै आएको प्रति उनले आश्चर्य व्यक्त गरे। ‘यो कुनै व्यक्ति वा पात्रलाई केन्द्रमा राखेर गठन गर्ने भनिएको छानबिन समिति होइन, हामीले बारम्बार भनिरहेका छौ’, थापाले भनेका छन्। उनले सहकारी सञ्चालन गरेर डुबाउने मान्छे र सञ्चालकहरूसँग मिलेर दुरुपयोग गर्नेहरू को को हुन भन्ने थाहा पाउनका लागि समिति गठनको माग गरिएको स्पष्ट पारेका छन्।

थापाले २०४७ सालदेखिनै सहकारी सञ्चालन र व्यवस्थापनमा समस्या आइरहेको र यसको समाधानका लागि विगतमा समिति, आयोग, कार्यदल गरी ६ वटा पटके अध्ययन, छानबिन तथा अनुसन्धान निकाय गठन भइसकेको स्मरण गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार