धनुषामा गहुँ खेतमा भेटियो महिलाको शव…

२०८१ बैशाख २, आईतवार

जनकपुरधाम : धनुषाको हंसपुरकी एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। हंसपुर नगरपालिका- ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव धनुषाकै सहीदनगरमा फेला परेको हो।

‘धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टीमा रहेको माइती घर गएकी उनी हिजो (शनिबार) साँझ ७ बजेदेखि बेपत्ता भएकी आफन्तले बताएका छन्,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अनुसन्धानमा खटिनु भएको छ  । ‘आज बिहान नौ बजे गहुँ खेतमा विभत्स अवस्थामा उनको शव फेला परेको हो।’

‘प्रहरीहरु अनुसन्धानमा खटिनु भएको छ। शव अहिले घटनास्थलमै छ,‘मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित केही बेरअघि प्रहरी टोली घटनास्थलमा पुगेको छ।’मण्डलको शरीरका विभिन्न भागमा गहिरो घाउचोट देखिएको छ। कुकुरले सुरुमा शव हेरेपछि मात्रै थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार