सुनसरीको महाकुम्भ मेलामा गर्मीले बेहोस भइ ढलेका ४ जनाको उद्धार

२०८१ बैशाख २, आईतवार

सुनसरी : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्याधिक गर्मीका कारणले बेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी अस्पताल पठाएको छ।

सोही नगरपालिका–१० बस्ने ३० वर्षकी रिना पोख्रेल,  काठमाडौं महानगरपालिका३–२ कोटेश्वर बस्ने ४५ वर्षीय अच्युत चौलागाई, उदयपुर जिल्लाकी ५६ वर्षीया मन्जु खतिवडा र सर्लाही जिल्लाका ५० वर्षीय सन्तोष त्रिपाठी सोही ठाउँको पूर्ण महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएका थिए। सुरक्षा बेश चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उनीहरुको उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा संचालित अस्थायी स्वास्थ्य शिविरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चतरा अस्पताल पठाएको हो।

गत चैत्र २७ बाट यही वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अवधिभर निशुल्क स्वास्थ्य शिविर सहित बिपद उद्धार टिम समेत परिचालन गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

ताजा समाचार